पश्चिम बङ्गाल पञ्चायत चुनाव: सुरु भयो हिँसा, एकाधिक ठाउँहरूमा तोडफोड, आगजनी र बम बिस्फोटले वातावरण तनावपूर्ण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 13, 2018

पश्चिम बङ्गाल पञ्चायत चुनाव: सुरु भयो हिँसा, एकाधिक ठाउँहरूमा तोडफोड, आगजनी र बम बिस्फोटले वातावरण तनावपूर्ण


गफसफ.com, दार्जीलिङ 14 मई।

पश्चिम बङ्गाल राज्यको दार्जीलिङ अनि कालेबुङ जिल्ला बाहेक मोठ 20 वटा जिल्लाभरी पञ्चायत चुनाव सम्पन्न भइरहेको छ। आज बिहान 7 बजेदेखि सुरु भएको पञ्चायत चुनाव कठोर सुरक्षाबिचमा सम्पन्न भए पनि विभिन्न ठाउँहरूमा हिंसाका घट्ना घटिरहेको छ। बिहान 7 बजेदेखि सुरु भएको मतदानमा एकाधिक ठाउँहरूमा कुटपिट, रतोडफोड, बुथ क्याप्चर, आगजनी जस्ता हिंसाका घट्ना घटिरहेको छ। कुचबिहारमा ममता सरकारको मन्त्री रविन्द्र नाथ घोषले पोलिङ बुथमा बेजेपी समर्थकलाई थप्पड लगाएको आरोप समेत लागेको छ।


तनावपूर्ण वातावरणमा सम्पन्न पञ्चायत चुनावमा तृणमूल कङ्ग्रेसले आफ्नो वर्चस्वलाई कायम राख्नका निम्ति हरसम्भव कोसिर गरिरहेको छ भने विपक्षी दलहरू तृणमूल कङ्ग्रेसको तानशाहलाई समाप्त गर्नका निम्ति चुनावी मैदानमा डटेर लडीरहेका छन्। यस्तो अवस्थामा ठाउँ-ठाउँमा बिहानै देखि मतदाताहरूलाई मतदान गर्न नदि बाटोमा रोकेर राखेको घट्नाहरू पनि अघि आइरहेको छ। भाङ्गरमा स्थानीर मानिसहरूले सडक बन्द समेत गरेका छन्। भाङ्गडमा तृणमूल कार्यकर्ताहरूले बुथ क्याप्चर  गरेको आरोप उठेपछि मानिसहरूले विरोध गर्दै सडक बन्द गरेका हुन्। यसका साथै क्षेत्रमा मीडियाको वाहनमा समेत आगो लगाइदिएको छ भने पत्रकारहरूको क्यामेर समेत तोडफोड गरेका छन्।

अर्कोतर्फ डुवर्सको बीरपाडमा तृणमूल कार्यकर्ताहरूले मतदाताहरूलाई भोट हाल्न नदिएको आरोप लागेको छ। बीरपाडाको बुथ नम्बर 14/79 मा तृणमूल कार्यकर्ताहरूले मानिसहरूलाई मतदान गर्न नदिएको आरोप लागेपछि तनावको वातावरण सिर्जना भएको छ। 

अर्कोतर्फ दिनहट्टा क्षेत्रमा देशी बम बिस्फोटको घट्ना प्रकासमा आएको छ भने उक्त घट्नामा एकजना तृणमू कार्यकर्ताले आफ्नो हाथ गुमाएका छन्। अर्कोतर्फ आसनसोलमा पनि बम बिस्फोटको घट्ना घटेको जानकारी प्राप्त भएको छ। बिहान मतदान सुरु हुन अगावै क्षेत्रमा बम बिस्फोटको घट्नाले वातावरण तनावपूर्ण बनेको छ।

No comments:

Post a Comment

Post Bottom Ad